०५ असार २०८३, शुक्रबार

विराटनगरमा टाटा मोटर्सको कार्निभल मेला

फागुन २९, २०७६
विराटनगरमा टाटा मोटर्सको कार्निभल मेला

टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हरेक वर्ष गर्दै आएको कार मेला अन्तर्गत ‘टाटा मोर्टर्स कार्निभल’ विराटनगरस्थित टाटा शोरुममा बिक्रेता गोयल अटो प्रालिको सहकार्यमा फागुन २९ र ३० गते शुभारम्भ गरेको छ ।

‘टाटा मोर्टर्स कार्निभल’ कार मेला बिहान १० देखि साँझ ६ बजेसम्म विराटनगरस्थित टाटा शोरुममा हुँदैछ ।

मेलामा ग्राहकले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडी एकै स्थानबाट खरिदका साथै ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्नेछन् ।

मेलामा तत्कालै फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र १ लाखसम्म एक्सचेन्ज बोनस जस्ता फाइदा ग्राहकले पाउने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्