२६ जेठ २०८३, मंगलबार

आफैँले चलाएको बन्दुक लागेर घाइते

फागुन ३०, २०७६
आफैँले चलाएको बन्दुक लागेर घाइते
प्रतीकात्मक तस्वीर

दैलेखको नौमूले गाउँपालिका –२ का एक युवा आफैंले चलाएको बन्दुक लागेर घाइते भएका छन् ।

बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् ।

शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए ।

स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पु¥याएका थिए । थप उपचारका लागि उनलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्