११ साउन २०८३, सोमबार

इराकमा अमेरिकी हवाई हमला ‘समानुपातिक’ रहेको बेलायतको प्रतिक्रिया

फागुन ३०, २०७६
इराकमा अमेरिकी हवाई हमला ‘समानुपातिक’ रहेको बेलायतको प्रतिक्रिया

बेलायती विदेशमन्त्री डोमिनिक राबले शुक्रबार इराकमा इरानसमर्थक समूहविरुद्ध अमेरिकी हवाई हमलालाई समानुपातिक भएको प्रतिक्रिया दिएका छन् ।

इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको रकेट आक्रमणमा दुई अमेरिकी र एक बेलायती सैनिक मारिएपछि पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको थियो ।

यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरिक्षण गरिरहेका एक मानवअधिकारवादी समूहले जनाएको थियो ।

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताएको थियो ।

एक अमेरिकी अधिकारीले एएफपीलाई यस परी दुई अमेरिकी र एक बेलायती नागरिक मारिएका जानकारी दिएको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गरेका छन् ।

इराकमा बेलायतीसहितको गठबन्धनका सेनाले देशलाई आतङ्ककारी गतिविधिको विरूद्ध लड्न मद्दत पुर्याइरहेका र उनीहरूलाई हानि र्पुयाउन चाहन्छ भने उसले कडा प्रतिक्रिया भोग्नु पर्ने राबले एक विज्ञप्तिमार्फत बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्