बलिउडकी नायिका मलाइका अरोडा पहिरनका कारण चर्चामा आइरहन्छिन् ।
जीममा लगाउने पहिरनका कारण उनी यसपटक पुनः चर्चामा आएकी छिन् ।
जीमबाट बाहिर निस्कदै गर्दा मलाइकाले लगाएको स्किन रंगको पहिरनले चर्चा पाएको छ ।
यो तस्वीर र भिडियो सार्वजनिक भएसँगै सामाजिक संजालमा उनलाई लिएर ट्रोल पनि बनिरहेका छन् ।
कतिपयले उनलाई किम कार्दशियनको सस्तो रुप भन्दै आलोचना गरेका छन् भने कतिपयले अहिलेसम्मकै झुर पहिरन भनेर आलोचना गरेका छन् । कतिपयले उनलाई आफ्नो उमेर पनि हेर्न भन्दै प्रतिक्रिया दिएका छन् ।