२९ जेठ २०८३, शुक्रबार

विद्यार्थी नेता कुँवरले अनाथालयका बालबालिकासँग मनाए जन्मदिन

विद्यार्थी नेता कुँवरले अनाथालयका बालबालिकासँग मनाए जन्मदिन

नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पसका नेता तथा आध्यात्मिक चिन्तक रमेश कुँवरले आफ्नो जन्मदिन अनाथालयका बालबालिकासँग मनाएका छन् ।

जन्मदिनको अवसरमा नेता कुँवरले काठमाडौंको गौशालास्थित मातृभूमि सेवा आश्रमका अनाथ बालबालिकालाई शैक्षिक सामग्री, खाद्यान्न सामग्री र मास्क वितरण गरेका छन् । कुँवरले २४ औं जन्मदिन मनाएका हुन् ।

जन्मोत्सव कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका वरिष्ठ महात्मा लता बाईजी, युवा संगठन संयोजक नवीन कोइराला, उत्तम गिरी लगायतले युवामा दान र सेवाको भावना हुनु समाजका लागि राम्रो भएको विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेविसंघका महामन्त्री महेश्वरी कुँवर, नेपाली कांग्रेस अछाम पार्टी सभापति भरतकुमार स्वार, पूर्व सभापति मेगराज खड्का लगायत राजनीतिक व्यक्तित्वको समेत सहभागिता रहेको थियो । अनाथालयका बालबालिकालाई नेतृ कुँवरले समेत मास्क वितरण गरेकी थिइन् ।

‘युवा पुस्तामा सामाजिक सेवा एवं आध्यात्मिक भावना जागृत गराउन अनाथालयमा जन्मदिन मनाएको हुँ । आफ्नो जन्मदिन मनाउँदा बालबालिकाको मुहारमा खुशी देखर मलाई खुशी लागेको छ,’ नेता कुँवरले भने ।

salt training

कमेन्ट गर्नुहोस्