
भारतले कोरोना भाइरसका पीडितका लागि राहत घोषणा गरेको छ।
भारतको गृह मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई जनही ४ लाख (६ लाख ४० हजार नेपाली रुपैयाँ) दिइने भएको हो। योसँगै कोरोना भाइरस नियन्त्रणका लागि खटिएकाहरुलाई पनि सहयोग गरिनेछ।
भारतले कोरोना भाइरसको संक्रमण बढेसँगै आपतकालको समेत घोषणा गरेको छ। योसँगै अब केन्द्र सरकार र राज्य सरकार आपतकालीन प्रतिक्रिया कोष (एसडीआरएफ) को रकम कोरोना भाइरस नियन्त्रण्का लागि परिचालन गर्नेछन्।
भारतमा ८४ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। र, २ जनाको ज्यान गइसकेको छ।