
बलिउड फिल्म उद्योग कोरोना भाइरसका कारण थला परेको छ। भारतको मुम्बईलाई बलिउडको राजधानी भनिन्छ। तर, अहिले त्यहाँ फिल्म निर्माणका सबै गतिविधि बन्द गरिएको छ।
आइतबार मुम्बईमा फिल्म निर्माता, फिल्म निर्देशक र फिल्म मजदुर यूनियको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। अब मार्च ३१ अर्थात चैत १८ गतेसम्म कुनै पनि फिल्म रिलिज हुने छैनन् भने फिल्म सुटिङ लगायतका काम पनि अगाडि बढ्ने छैनन्। र, आगामी बैठकले यो सहमतिलाई निरन्तरता दिने वा नदिने भनेर निर्णय गर्नेछ।
भारतमा कोरानाका संक्रमित बढदै गएपछि महाराष्ट्र मुम्बईका स्कूल, सिनेमाघर, रंगशाला, शपिङ मल यसअघि नै बन्द गरिएको थियो।
Film bodies,including Indian Motion Pictures Producers' Association,Federation of Western India Cine Employees and Indian Film&Television Directors' Association,in a meeting today decided to halt shooting of entertainment products from 19 March to 31 March,in view of #CoronaVirus
— ANI (@ANI) March 15, 2020