१७ असार २०८३, बुधबार

मलाइका अरोडाले तस्वीर शेयर गर्दै लेखिन्–लभ इन टाइम अफ कोरोना...

चैत ३, २०७६
मलाइका अरोडाले तस्वीर शेयर गर्दै लेखिन्–लभ इन टाइम अफ कोरोना...

कोरोना भाइरसको कारण फिल्म इन्डस्ट्री प्रभावित बनेको छ । बलिउडकर्मीहरू यतिखेर कोरोनाका कारण फुर्सदिला बनेका छन् ।

बलिउडकी नायिका मलाइका अरोडाले इन्स्टाग्राममा एक तस्वीर शेयर गरेकी छन् । घरमै बसिरहेको सो तस्वीर शेयर गर्दै उनले हातमा स्यानिटाइजर बोकेको तस्वीर समेत सँगै राखेकी छिन् । 

कोरोना भाइरसको संक्रमणका कारण पुरै माहोल बिग्रिएको अवस्थामा उनको यो तस्वीर सामाजिक सञ्जालमा फैलिएको छ । अन्य समयमा मोटिभेसनको तस्वीर शेयर गर्ने मलाइका अहिले स्यानिटाइजरको साथमा तस्वीर खिचाएर घरमै समय बिताइरहेकी छिन् । 

मलाइकाले सो तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘लभ इन द टाइम अफ कोरोना कोभिड १९ सेल्फ क्वारेन्टाइन ।’ 

मलाइकाले आफ्नो घरमा सबै सुरक्षित रहेकोसमेत बताएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्