१० असार २०८३, बुधबार

कोरोनाको डरले डाक्टरहरूको भागाभाग, ७ सय डाक्टरलाई बर्खास्त गर्दै भारत

कोरोनाको डरले डाक्टरहरूको भागाभाग, ७ सय डाक्टरलाई बर्खास्त गर्दै भारत
फाइल तस्वीर

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भनिने कोभिड १९ को संक्रमण भारतमा पनि देखिएपछि करीब ७ सय भारतीय डाक्टरहरू आफ्नो काममा जान छोडेका छन् ।

संक्रमणको डरले यतिका ठूलो संख्यामा डाक्टरहरू अस्पताल वा आफू कार्यरत रहेको स्वास्थ्य संस्थामा जान छोडेका हुन् ।

आइतवार उत्तर प्रदेश स्वास्थ्यमन्त्री जय प्रताप सिंहले आइतवार सरकारी अस्पतालमा नियुक्त ७ सय डाक्टरहरूले ड्युटीका लागि रिपोर्ट नगरेकाले छिट्टै बर्खास्त गरिने बताएका छन् ।

सामुदायिक स्वास्थ्य केन्द्रमा 'जन आरोग्य मेला' निरीक्षण गर्न आएका सिंहले सरकारी अस्पतालमा नियुक्ति गरिएका करिब ७ सय डाक्टर विभागलाई जानकारी नदिइ भागेको बताएका हुन् ।

उनले भने, यी डाक्टरहरुलाई बर्खास्त गर्ने प्रक्रिया सुरु भएको छ ।'

कोरोनाभाइरस प्रकोपको बारेमा स्वास्थ्य मन्त्रीले भने, 'डराउनुपर्ने कुनै कारण छैन । यस भाइरसलाई उचित रोकथामबाट नियन्त्रण गर्न सकिन्छ । भारत यसको प्रतिरोध गर्न तयार छ ।'

salt training

कमेन्ट गर्नुहोस्