२६ जेठ २०८३, मंगलबार

नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि लिएको घूससहित प्राधिकरणका सुपरभाइजर पक्राउ

नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि लिएको घूससहित प्राधिकरणका सुपरभाइजर पक्राउ

नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई २० हजार घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा झन्झटिलो हुन्छ भनी छिटो काम गरिदिने बहानामा घूस लिएको सूचना पाएपछि घूस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

दाहाललाई उनकै कार्यालयको सेवाग्राही फाँटबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

'नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालले नयाँ क्षमता वृद्धिको मिटर जडानकालागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा झन्झटिलो हुन्छ भनी काममा आलटाल गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सुपरभाइजर कैलाशप्रसाद दाहाललाई सेवाग्राहीसँग रू. २०,०००/- (बीस हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यालयको सेवाग्राही फाँटबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,' अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्