१५ असार २०८३, सोमबार

आन्दोलन चर्किएपछि पतौनीमा अनिश्चितकालीन कर्फ्यु

आन्दोलन चर्किएपछि पतौनीमा अनिश्चितकालीन कर्फ्यु

आन्दोलन चर्किपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले पनौती आसपासको क्षेत्रमा  कर्फ्यु जारी गरेको छ ।

टिप्परको ठक्करबाट सोमवार पनौतीमा आमा छोरीको मृत्यु भएपछि स्थानीय बासी आन्दोलनमा उत्रिएका छन् । 

दोषीमाथि कडा कारवाहीको माग गर्दै प्रदर्शनकारीले हिजो साझ प्रहरीको पोष्टमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवी पौडेलले अर्को आदेश नभएसम्मको लागि कर्फु जारी गरिएको लोकान्तरलाई जानकारी दिए । 

टिप्परको ठक्करबाट जुनीमाया गोले र स्मारिका तामाङको सोमवार मृत्यु भएको थियो । प्रहरी र स्थानीयबीच सोमवार साझ झडप भएको थियो । त्यसक्रममा प्रहरीले दर्जन राउण्ड हवाइ फायर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्