मुम्बई, ७ वैशाख - ज्याकलिन फर्नाडिस सलमान खानको चलचित्र ‘किक’ पछि रातारात हिट भइन् । उनको स्टार भ्यालु बढेको बढ्यै छ ।

चलचित्र 'किक' नै उनका लागि टर्निङ प्वाइन्ट बन्यो ।
यतिबेला ज्याकलिनले सलमानको फिल्मलाई इन्कार गरेकी छिन् ।
आफ्नै करिअर बनाउने फिल्मका स्टारलाई इग्नोर गर्नुको कारण अरु भने होइन ।
समय नमिल्दा उनले सलमान खानको फिल्मलाई इन्कार गरेका हुन् ।
सलमान खानले छिटोभन्दा छिटो ज्याकलिनसँग काम गर्न चाहन्थे तर ज्याकलिनले धेरै फिल्म साइन गरेकी छिन् ।
अब सलमान खानले नयाँ फिल्ममा अर्की नायिकालाई लिने सम्भवना पनि छ ।