३२ असार २०८३, बिहीबार

के प्रियंकालाई फ्यानहरूले माया गरेकै हुन्?

कात्तिक २०, २०७४
के प्रियंकालाई फ्यानहरूले माया गरेकै हुन्?

काठमाडौं, ८ चैत्र – नायिका प्रियंका कार्की यतिबेला फिल्मको अभिनयको कारणले भन्दा पनि आफ्नो प्रेम सम्बन्धको कारण चर्चामा छिन् । फिल्म खेल्नकै लागि आफ्ना श्रीमानसँग पारपाचुके गरेकी यी नायिका अभिनित चलचित्र राधे यतिबेला हलमा प्रदर्शन भइरहेको छ । तर, सामाजिक सञ्जालमा भने चलचित्रको भन्दा बढी नायक आयुष्मान जोशीसँगको प्रेम सम्बन्धका कारण चर्चामा छन् ।

प्रेम प्रसंगकै कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी कार्कीले आफ्नो इन्टाग्राम एकाउन्टमा एउटा भिडियो अपलोड गरेकी छिन् । उक्त भिडियोमा उनलाई तस्वीर खिच्दै गरेको देख्न सकिन्छ । भिडियोमा उनले तालको छेउमा आफ्ना फ्यानहरुसँग तस्वीर खिच्दै गरेको देख्न सकिन्छ ।

भिडियोमा केही महिला फ्यानहरुले उनीसँग पालैपालो तस्वीर खिचाइरहेका छन् । त्यही फ्यानहरुसँग खिचाइरहेको भिडियोलाई उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्