काठमाडौं, ७ वैशाख– उत्तर कोरिया र अमेरिकाबीचको विवादले उग्र रुप लिइरहेका बेला सोसल मिडियाहरुमा एउटा यस्तो भिडियो भाइरल भएको छ, जसले विश्वका धेरैजसो मानिसलाई झस्काएको छ । उक्त भिडियो हेरेपछि धेरै मान्छेहरु तेस्रो विश्वयुद्ध हुने चिन्ताले बैचयन भएका छन् ।
भिडियोको दृश्यमा सबैभन्दा पहिला एक कार्यक्रममा उत्तर कोरियाका शासक किम जोङ उनको स्वागत गरेको देखिन्छ । त्यसपछिको अर्को दृश्यमा उत्तर कोरियाको तर्फबाट अन्तरमहाद्विपीय ब्यालेष्टिक मिसाइलले अमेरिकाको शहरमा परमाणु बम खसालेको देखिन्छ । उक्त बमले अमेरिकी सहरलाई आगोको लप्कामा परिणत गर्दिन्छ । भिडियोमा अमेरिकी झन्डा जलेको पनि देखाइएको छ ।
भिडियोमा उत्तर कोरियाले अमेरिकी सहरमा परमाणु बम खसालेको दृश्य छ । परमाणु बमले अमेरिकी सहर संरचनामा आगोको लप्कामा परिणत भएको दृश्य भेडियोमा देखिन्छ । भिडियो हेर्दा बास्तविक जस्तै देखिन्छ । जसकारण भिडियो हेरेपछि धेरैजसो मानिसहरु बेचयन भएका देखिन्छन् ।
अमेरिका तथा दक्षिण कोरियाका अधिकारीहरुले भने उक्त भिडियोलाई उत्तर कोरियाको प्रोपोगान्डा भएको उल्लेख गरेका छन् ।