०२ साउन २०८३, शनिबार

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले मङ्गलबार जनाएका छन् ।

ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ । भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए ।

कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो ।

यसअघि मृत्यु भएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्