११ असार २०८३, बिहीबार

घुस लिने इन्जिनीयरविरुद्ध अख्तियारले गर्यो मुद्दा दायर

घुस लिने इन्जिनीयरविरुद्ध अख्तियारले गर्यो मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग घुस लिएको आरोपमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडी पाटनका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिएबापत सेवाग्रहीसँग रु एक लाख घुस लिएको आयोगले आरोप लगाएको छ ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिइएको टोलीले निज भट्टबाट घुसबापतको रु एक लाख र स्रोत नखुलेको रु एक लाख गरी रु दुई लाख बरामद गरेको छ ।

यसैगरी आयोगले हालसाविक भिडाउने कामबापत सेवाग्रहीसँग घुस लिएको आरोपमा नापी कार्यालय बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र लेखापढी व्यवसायी प्रताप केसीविरुद्ध पनि आरोपत्रपत्र दायर गरेको छ ।

हालसाविक गर्ने क्रममा उनीहरुले सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्