
काठमाडौं ७ वैशाख – चट्याङ, आगलागी र असिनाका कारण २०७३ फागुन यता ३६ जनाको मृत्यु भएको छ ।
उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले संसदको बिहीवारको फागन देखी आजसम्म आगलागी, चट्याङ र असिनाबाट ३६ जनाको मृत्यु र १२४ जना घाइते भएको जनाएका हुन् ।
आगलागीका कारण ४ सय १८ घर पूर्ण क्षती भएको पनि उनले बताए । आगलागी पीडितलाई जिल्ला दैवि प्रकोप समितिबाट राहात दिइएको उनले बताए । गृहमन्त्री निधिले देशको शान्ति सुरक्षाको अबस्था सामान्य रहेको र तोकिएको मितिमै चुनाव हुने बताए ।