×

कोरोनालाई चटक्कै बिर्सेर डान्स पार्टीमा रमाउँदै गर्दा ७ जना प्रहरीको फन्दामा

चैत ५, २०७६

प्रतिकात्मक तस्वीर

कास्की प्रहरीले पोखरा महानगरपालिका–२४ चापाकोटको १ होटलमा राति अबेरसम्म डान्स पार्टीमा रमाइरहेकामध्ये ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ नेपाली र ५ विदेशी छन् ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९)को सम्भावित जोखिमलाई ध्यानमा राखी प्रशासनले मानिसको हुल जम्मा गरी कुनै कार्यक्रम नगर्न आग्रह गरिहेको अवस्थामा राति अबेरसम्म डान्स पार्टी गरेकोमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । 


Advertisment

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार स्थानीयले होहल्ला भएको गुनासो गरेपछि प्रहरी टोलीले डान्स पार्टीमा संलग्नहरु पक्राउ परेका हुन् ।


Advertisment

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले होटलको नाम र पक्राउ परेकाहरुको नाम नखुलाए पनि सो होटल फेवाताल किनार पामेभन्दा माथि चापाकोटको एक जंगलभित्र पर्दछ । 

प्रहरीले यसलाई ट्रान्स पार्टी भने नभएको दाबी गरेको छ । गत वर्ष पोखराकै खहरेस्थित एक होटलमा भएको ट्रान्स पार्टीमा प्रहरीले छापा मारी ८० जना पक्राउ परेका थिए ।

ट्रान्स पार्टी विशेषगरी म्यूजिक र लाइटसंँग झुम्ने पार्टी हो । शुरूआतमा २०५५ सालतिर फेवाताल पारीकै एक रेस्टुरेस्टमा केही भारतीय आएर ट्रान्स पार्टी गरेका थिए । त्यसयता प्रशासनको अनुमति विना नै हरेक वर्षजसो पोखरा क्षेत्रमा ट्रान्सपार्टी भएको पाइन्छ ।

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x