×

NMB BANK
NIC ASIA

नातावाद

ज्वाइँसा'पलाई पाल्न सल्लाहकारको पद, सहसचिव बराबरको सुविधा !

चैत ५, २०७६

NTC
Premier Steels

२ नम्बर प्रदेशका सभामुख सरोजकुमार यादवको राजनीतिक सल्लाहकार अनिलकुमार महासेठलाई थप सेवासुविधा प्रदान गर्न थालिएको छ ।

Muktinath Bank

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोका ज्वाइँ समेत रहेका महासेठलाई सुविधा बढाएर दिन थालिएको छ । महासेठलाई सहसचिव स्तरको सुविधा दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले सभामुखको राजनीतिक सल्लाहकार महासेठलाई ११ औं तह अनुसार सहसचिव स्तरको सेवासुविधा प्रदान गरिएको बताए । जसअनुसार उनले मासिक ४२ हजार ८०० रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

पारिश्रमिकबाहेक उनले चारपांग्रे गाडी सुविधा तथा दैनिक भत्ता समेत पाउने भएका छन् । ‘अहिले सचिवालयसँग गाडी नभएका कारण गाडीबापत उहाँलाई मासिक पारिश्रमिकको ८० प्रतिशत प्रोत्साहन भत्ता दिने गरेका छौं,’ प्रवक्ता झाले भने, ‘प्रचलित कानून अनुसार सहसचिव स्तरको सेवासुविधा उहाँले पाउनुहुनेछ ।’ दैनिक भत्ता दाबी गर्दा समेत उनले थप सुविधा पाउने झाले बताए ।

Vianet communication

महासेठलाई सभामुखको राजनीतिक सल्लाहकारमा २०७६ माघमा नियुक्त गरिएको हो । त्यसअघि सभामुखका राजनीतिक सल्लाहकार रहेका राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य सञ्जय सिंहलाई भने सहसचिव स्तरको सेवासुविधा प्रदान गरिएको थिएन । उनलाई अधिकृत स्तरको मासिक ३० हजार ५०० रुपैयाँ पारिश्रमिक मात्र दिने गरिएको थियो ।

तर राजपा अध्यक्ष मण्डलका सदस्य महतोका ज्वाइँ सल्लाहकार भएपछि सहसचिव स्तरको सेवासुविधा दिन थालिएको छ । सभामुख यादवले राजपा नेपालको तर्फबाट उम्मेदवार भएर चुनाव जितेका थिए । उनी राजेन्द्र महतो निकट मानिन्छन् ।

विगतमा महतोले नेतृत्व गरेको सद्भावना पार्टी सरकारमा सहभागी सभामुख यादवलाई राज्यमन्त्री बनाउने गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपाका १ जना प्रदेश सांसदले लोकान्तरसँग भने, ‘विगतमा दिने गरिएको सेवासुविधाभन्दा पनि अहिले थप सुविधा दिएर सल्लाहकार नियुक्त गर्नुको अर्थ महतोजीको ज्वाइँलाई पाल्नका लागि मात्र नियुक्त गरिएको हो ।’

सभामुख यादवको प्रेस सल्लाहकारमा नियुक्त भएका प्रभाकर सिंहलाई पनि अधिकृत स्तरको सेवासुविधा मात्र सचिवालयले उपलब्ध गराउँदै आएको छ । उनलाई मासिक ३० हजार ५०० रुपैयाँ पारिश्रमिक मात्र दिने गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x