२५ जेठ २०८३, सोमबार

कोरोनाको सन्त्रास : अब सार्वजनिक यातायातमा उभ्याएर यात्रा गराउन नपाइने ! [निर्णयसहित]

कोरोनाको सन्त्रास : अब सार्वजनिक यातायातमा उभ्याएर यात्रा गराउन नपाइने ! [निर्णयसहित]
फाइल फोटो

सरकारले सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न अनुरोध गरेको छ, यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्नेछ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिको बुधवारको बैठकले गरेको १५ बुँदे निर्णयको पाँचौं बुँदामा भनिएको छ–

सार्वजनिक सवारीसाधनहरूमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने साथै सर्वसाधारण नागरिकहरूलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध गर्ने । यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने ।

समितिले सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनुअघि प्रत्येक दिन समयमा–समयमा सवारी साधनलाई डिसइन्फेक्सन गर्न लगाउने निर्णय पनि गरेको छ ।

कोरोनाले विश्वव्यापीरूपमा महामारी सिर्जना गरिरहेको छ । यसबाट झण्डै २ लाख संक्रमित भएका छन् भने ८ हजारको मृत्यु भइसकेको छ ।

चिनको वुहानबाट शुरू भएको मानिएको कोरोना अहिले युरोपका देशहरूमा महामारीको रूपमा फैलिरहेको छ ।

हेर्नुहोस्, निर्णयहरू :

salt training

कमेन्ट गर्नुहोस्