०७ असार २०८३, आइतबार

एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय
फाइल फोटो

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासका कारण भोलिदेखि सञ्चालन हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा सचिवालय बैठकमा बुधवार उक्त जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

समितिको आजको बैठकले गरेका १५ बुँदे निर्णय यसअघि नै सार्वजनिक भएको थियो, पछि पूरक बैठक बसेर उक्त निर्णय भएको जानकारी बैठकमा गराइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि एसईई परीक्षा स्थगित भएको जानकारी गराएका छन् ।

'भोलिबाट शुरू हुने एसईई परीक्षा हाललाई स्थगित' रिमालले ट्विटरमा लेखेका छन् ।

एसईई परीक्षा भोलिदेखि शुरू हुने कार्यतालिका थियो ।

कमेन्ट गर्नुहोस्