नेपाल राष्ट्रिय परीक्षा बोर्डले बुधवार अपराह्न आफ्नो वेबसाइटमा राखेको एसईई परीक्षासम्बन्धी सूचना हटाएको छ ।
बिहीवारदेखि हुन गइरहेको माध्यामिक परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको भन्दै सबै परीक्षार्थीहरूलाई अग्रिम शुभकामना दिएको सूचना वेबसाइटमा थियो ।
तर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बुधवार साँझ करीब ५ बजे एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि ३ घण्टासम्म पनि वेबसाइटबाट सूचना नहटाएपछि परीक्षार्थी र आमजनतासमेत रनभुल्लमा परेका थिए ।
साँझ करीब साढे ९ बजेमात्र वेबसाइटबाट उक्त सूचना हटेको थियो ।
हेर्नुहोस् दिउँसो राखिएको सूचना -
