
काठमाडौं, ७ बैशाख – कबड्डी निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘मिस्टर झोले’ निर्माण हुने भएको छ । चलचित्र कास्कीमा छायांकन हुनेछ ।
‘झोले’ मा दयाहाङ राई र प्रियंका कार्की थिए । यो फिल्ममा दयाहाङ दोहोरिए पनि अन्य प्राय कलाकार भने दोहोरिने छैनन् । 
वीरविक्रम अभिनेत्री दिया पुन, वर्षा राउत, प्रविण खतिवडा, बुद्धि तामाङ। अरुणा कार्की लगायतका कलाकारको अभिनय रहने चलचित्र चलचित्र ‘झोले’ को सिक्वेल भने नरहेको बताइएको छ ।
चलचित्रलाई टेकेन खड्काले निर्माण गर्न लागेका हुन् । शैलेन्द्र डि. कार्कीले यसको छायांकन गर्ने भएका छन् ।