०१ साउन २०८३, शुक्रबार

मधेसी मोर्चालाई लक्षित गर्दै प्रचण्डले भने ‘दालमे कुछ काला हे !’

कात्तिक २०, २०७४
मधेसी मोर्चालाई लक्षित गर्दै प्रचण्डले भने ‘दालमे कुछ काला हे !’

झापा ७ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गतेको चुनाव कुनैपनि हालतमा नरोकिने उल्लेख गर्दै अबसरको उपयोग गर्न मधेशी मोर्चासँग आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्रले बिहीबार झापामा आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संशोधन विधेयक प्रति मधेशी मेर्चाले दिएको धोकाले उनीहरुप्रति आशंका जनाएका थिए ।

‘भोलि मधेशी मोर्चाका नेतासँग कुरा गर्दैछु, यदी मोर्चाले चुनावको महत्व आत्मसात गरेर आउनु भएन भने मोर्चाका लागि ऐतिहासिक गल्ती हुन्छ’ प्रचण्डले भने, ‘आउनु भएन भने मूल्य आफै चुकाउनु पर्छ । उहाँहरु मधेसी जनताजीका लागि  होइन अरुका लागि कामगर्दै हुनुहुन्छ भनेर सोच्नु पर्ने हुन्छ र दालमा कुछ काला हे भनेर सोच्नु पर्ने अबस्था आउने छ ।’

salt training

कमेन्ट गर्नुहोस्