१५ असार २०८३, सोमबार

भयानक बम विस्फोटनपछि सिरियामा हजारौंलाई ठाउँ सारियो

कात्तिक २०, २०७४
भयानक बम विस्फोटनपछि सिरियामा हजारौंलाई ठाउँ सारियो

काठमाडौं, ७ वैशाख — सिरियामा हजारौंजनालाई बुधवार अत्यन्तै कडा सुरक्षाघेरामा राखी सरकार तथा विद्रोहीको कब्जामा रहेका इलाकाबाट सुरक्षित स्थानमा सारिएको छ ।


सरकारको नियन्त्रणमा रहेको क्षेत्रबाट बाहिर गइरहेको बसमा सप्ताहान्तमा विस्फोट हुँदा करीब ७० बालबालिकासहित १२६ जनाको मृत्यु भएको थियो ।

सरकार र विपक्षीहरूले एक सम्झौता गरी आफ्नो नियन्त्रणमा रहेका क्षेत्रबाट मानिसहरूलाई सार्ने काम गरिरहेका छन् ।

बसहरूको ठूलो समूह सरकारी नियन्त्रणमा रहेको फुआ र कफ्रलाया शहरबाट बाहिर गइरहेका छन् । बसमा तीन हजार व्यक्ति छन् । उनीहरू विद्रोहीको कब्जामा रहेको राशिदिनतर्फ जाँदैछन् ।

त्यस्तै विद्रोहीको कब्जामा रहेको जबादानी, सेरघाया र जबाल शार्की क्षेत्रबाट ११ वटा बसमा करीब ३०० व्यक्ति अन्तै गएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्