१० असार २०८३, बुधबार

कोरोनाको कहरबीच मनकारी उपमेयर : ६५ हजार जग्गाभाडा नलिने घोषणा

चैत ८, २०७६
कोरोनाको कहरबीच मनकारी उपमेयर : ६५ हजार जग्गाभाडा नलिने घोषणा

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको खतराका कारण मानिसको जीवन अस्तव्यस्त हुन थालेपछि आर्थिक संकट गहिरिँदै जान थालेको छ । यसैबीचमा केही मनकारी मानिस पनि देखिन थालेका छन् । 

पोखरा महानगरपालिकाका उपप्रमुख (उपमेयर) मञ्जुदेवी गुरुङले आपूmले ६५ हजार रुपैयाँमा जग्गा भाडामा दिएकोमा १ महिनाको भाडा नलिने घोषणा गरेकी छन् । 

उनको नाममा पोखरा महानगरपालिका–६ लेकसाइडको जरेबरस्थित १४ आना जग्गामा हाल एक रेस्टुरेन्ट र फेन्सी पसल सञ्चालनमा छ । 

उपप्रमुख गुरुङले चैत महिनाको भाडा नलिने घोषणा गर्दै अन्य घरेबेटीलाई समेत यस अवस्थामा लचिलो बनिदिन आग्रह गरेकी छन् ।

व्यवसायीले कोभिड–१९ को प्रभावका कारण व्यवसाय चौपट बनेको भन्दै घरभाडा छुट माग गरिरहेका बेला उपपप्रमुख गुरुङले भाडा नलिने घोषणा गरेकी हुन् ।

उपप्रमुख गुरुङले भनिन्, ‘व्यवसायीलाई १ महिनाको भाडा नलिँदा राहत हुने अपेक्षासहित भाडा मिनाहा गर्ने निर्णय गरेको गरेकी हुँ । यस अवस्थामा आफूले जे सकिन्छ, त्यही सहयोग गर्नुपर्छ ।’

संकट गहिरिँदै गएको अवस्थामा आगामी वैशाख महिनाको भाडा विषयमा पनि विचार गर्न सकिने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्