![भारतबाट नेपाल फर्किनेको पश्चिमी नाका गड्डाचौकीमा लर्को [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/gaddachauki_kanchanpur_3_Ym4MQHz66k.jpg)
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी राखिएको हेल्प डेस्कमा शनिबार स्वास्थ्य परीक्षणका लागि व्यवस्था गरिएको लाइन । भारतको विभिन्न स्थानबाट स्वदेश फर्किदै गरेका नेपालीलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न डेस्क राखिएको छ । तस्वीरः शेरबहादुर सिंह, रासस


कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा शनिबार बिहान भारतबाट फर्केका नेपालीको स्वास्थ्य परीक्षण गर्दै सैनिक स्वास्थ्यकर्मी । शनिबार बिहान मात्रै सात हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट शनिबार बिहान कञ्चनपुरको गड्डाचौकी नाकाको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग ।