०४ असार २०८३, बिहीबार

जबरजस्तीकरणी गरेको आरोपमा वडा सदस्य प्रहरी हिरासतमा

चैत ९, २०७६
जबरजस्तीकरणी गरेको आरोपमा वडा सदस्य प्रहरी हिरासतमा

जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा  महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ । 

सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्