३१ असार २०८३, बुधबार

ग्यास अभाव भयो ? राजधानीका यी १८ ठाउँमा उपलब्ध छ [सूचीसहित]

ग्यास अभाव भयो ? राजधानीका यी १८ ठाउँमा उपलब्ध छ [सूचीसहित]

कोरोना भाइरसको त्रासका बीच बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएका बेला नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघसँगको सहकार्यमा राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालनमा ल्याएको छ ।

२२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म १८ छुट्टाछुट्टै आउटलेटबाट ग्यास वितरण गर्दैछन् । कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चिति गरेका कारण अभाव देखिएको सरकारी दाबी छ । जसको प्रत्यक्ष मार एक वा दुई मात्र सिलिन्डर हुने निम्न वर्ग निम्नमध्यम वर्गमा परेको छ ।

एक उपभोक्ताले एक थान मात्रै सिलिन्डर पाउने व्यवस्था गरिएको छ ।

निगमले प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ मूल्य तोकेको छ।

ग्यास पाइने स्थानहरू :

 

salt training

कमेन्ट गर्नुहोस्