०१ असार २०८३, सोमबार

कस्तो अवस्थामा कोरोनाको परीक्षण गर्ने ? यस्ता छन् डाक्टरका सुझाव

कस्तो अवस्थामा कोरोनाको परीक्षण गर्ने ? यस्ता छन् डाक्टरका सुझाव

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना परीक्षण गर्ने अवस्थाबारे जानकारी गराएका छन् । 

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले अचानक १०२ डिग्रीभन्दा धेरै ज्वरो आएमा, सुख्खा लहरे खोकी लागेमा, सास फेर्न निकै गाह्रो भएमा तथा छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा कोरोनाको परीक्षण गर्न सुझाएका छन् । 

डा. रवीन्द्र पाण्डेकै शब्दमा हेर्नुहोस् केही सुझाव 

कस्तो अवस्थामा कोरोनाको परीक्षण गर्ने ?

- अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
- सुख्खा लहरे खोकी लागेमा
- सास फेर्न निकै गाह्रो भएकोमा
- छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
- एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?

- रुघा लागेमा
- नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
- मन्द ज्वरो आएमा
- सामान्य खोकी लागेमा
- हाच्छ्युं आइरहेमा
- हल्का शरीर दुखेमा

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो | ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ | घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ |

बाँकी १० % लाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ | केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ | २-३ % को मात्र मृत्यु हुन्छ | यो २-३ % मृत्यु हुने धेरै रोगहरु छन् |

salt training

कमेन्ट गर्नुहोस्