१७ असार २०८३, बुधबार

यात्रुबाट बढी भाडा असुल्ने २० जना कारवाहीमा

चैत ९, २०७६
यात्रुबाट बढी भाडा असुल्ने २० जना कारवाहीमा
फाइल फोटो

मौकाको फाइदा उठाई यात्रुबाट बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आइतवार कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आइतवार उनीहरूलाई कारवाही गरिएको बताए । ३ दिनमा ४६ जनालाई यसरी कारवाही गरिसकिएको छ ।

यसअघि शनिवार १७ जनालाई र शुक्रवार ९ जनालाई कारवाही गरिएको थियो । ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो ।

उनीहरूलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशालाबाट पक्राउ गरिएको छ । उनीहरूले एउटै टिकट २ जनालाई बेच्ने गरेको समेत पाइएकोे छ । 

कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आफैं यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानूनको दायरामा ल्याउने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्