
सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपनि आज केही उडान भने हुने भएका छन् ।
नेपालमा रहेका विदेशी नागरिकलाई लैजानका लागि आज ४ वटा अन्तर्राष्ट्रिय उडान हुने भएका हुन् ।
उताबाट यात्रु ल्याउन नपाइने भएपनि यताबाटै लैजान भने सरकारले छूट दिएको छ ।
पहिलो उडान कतार एरलाइन्सको छ भने अन्य ३ उडान रहेको जानकारी प्राप्त भएपनि तिनीहरूबारे विस्तृत विवरण उपलब्ध नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रामकृपाल साहले लोकान्तरलाई बताए ।
'आज ४ वटा उडानको शेड्युल आएको छ,' साहले लोकान्तरसँग भने, 'पहिलो त कतार एयरलाइन्सको छ, अन्य कुन–कुन भन्ने विस्तृत जानकारी गराइएको छैन ।'
विमानस्थल स्रोतका अनुसार कतार एयरवेजका २ वटा, सिल्क एयरलाइन्सको एउटा र इत्तेहाद एयरलाइन्सको एउटा उडान हुन लागेका छन् ।