०४ असार २०८३, बिहीबार

फ्रान्सबाट फर्किएकी नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि, उपचारका लागि टेकुमा भर्ना

फ्रान्सबाट फर्किएकी नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि, उपचारका लागि टेकुमा भर्ना
फाइल फोटो

फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

'गत मंगलवार फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएर होम क्वारेन्टाइनमा बसेका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ भेटिएको छ, उहाँसँग सम्बन्धित देखिएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ,' यसबारे जानकारी दिँदै पत्रकार सम्मेलनमा भनियो ।

कोरोना संक्रमित व्यक्ति १९ वर्षीय युवती रहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दिएका छन् ।

'रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई अस्पताल पुर्‍याएका छौं, १९ वर्षीय महिला हुनुहुन्छ, विद्यार्थी हो,' पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले भने ।

उनको पहिचान भने गोप्य राखिएको छ ।

संक्रमित व्यक्तिको परिवार र होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा रहेका सबैको परीक्षण गरिने मन्त्री ढकालले जानकारी दिएका छन् ।

उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्