०४ साउन २०८३, सोमबार

कोरोनाबाट बच्न कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा

चैत १०, २०७६
कोरोनाबाट बच्न कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कैलाली सोमवारदेखि कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले एक सूचना सम्प्रेषण गर्दै निषेधाज्ञा जारी गरेका हुन् ।

जारी निषेधज्ञा अनुसार अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन अनुसार घरभन्दा बाहिर ननिस्कन भनिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै त्यसबाट जोगिनको लागि सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठीलगायत कार्यक्रम र भीडभाड नगर्न र नगराउन समेत आदेश जारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्