११ असार २०८३, बिहीबार

सांसद महेश बस्नेतको एक महिनाको तलब कोरोना नियन्त्रण कोषमा

सांसद महेश बस्नेतको एक महिनाको तलब कोरोना नियन्त्रण कोषमा
फाइल तस्वीर

सांसद महेश बस्नेतले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । 

सांसद बस्नेतले आफ्नो सांसदबापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा सोमवार गरेका हुन् । उनले सरकारको निर्देशनलाई अवज्ञा नगरी, आतङ्कित नभई सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई आग्रहसमेत गरे । 

सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको बताउँदै उनले कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुने नभई सावधानी अपनाउन आम नेपाली नागरिकलाई आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्