०५ असार २०८३, शुक्रबार

प्रेम गरेको भन्दै छोरीलाई बुबा र आफन्तले सहर घुमाएको भिडियो बन्यो भाइरल

कात्तिक २०, २०७४
प्रेम गरेको भन्दै छोरीलाई बुबा र आफन्तले सहर घुमाएको भिडियो बन्यो भाइरल
राजस्थानको आदिवासी जिल्ला बासवाडाको कालिंजर क्षेत्रमा एक प्रेम जोडीलाई निर्वस्त्र बनाएर घुमाइएको छ । नाङ्गै घुमाइएका उनीहरुलाई कुटपिट गरिएको आरोपमा १८ जना गिरफ्तार भएका छन् । गिरफ्तार भएकाहरुमा युवक–युवतीका बुबा, काका तथा अन्य नातेदारसमेत रहेको बीबीसीले जनाएको छ ।

कचरु तथा मेनिका नाम गरेका युवक–युवतीक दुई वर्ष पहिला गुजरातमा कामगर्ने क्रममा प्रेममा परेका थिए । दुवै बाँसवाडाको शंभूपुरा गाउँका हुन् । तर, उनीहरु फरक फरक जातिका हुन् ।

कचरुले बीबीसीलाई फोनमा जनाए अनुसार उनले आफ्ना बाबु आमासँग आफ्नो बिबाहको कुरा गर्ने हिम्मत गर्न सकिन्नन् । उनीहरुलाई भन्दा आफू मारिने डर थियो उनलाई ।

तर घरवालालाई उनको प्रेम प्रसंगको समाचार पत्ता लागेको थियो ।

प्रहरी निरीक्षक रवीन्द्र सिंहले बीबीसीलाई बताए अनुसार युवतीको बिबाहको कुरा चलाउने तयारी भइरहन्दा कचरु र मेनिका भागेका थिए । र, परिवारका सदस्यहरुले उनीहरुलाई पक्रिएर फिर्ता ल्याएका थिए ।

अलग अलग जातीका भएका कारण गाउँको बदनामी भएको भन्दै उनीहरुलाई सजाय दिनका लागि निर्वस्त्र घुमाइएको थियो । केही मानिसले यसको भिडियो बनाएर, यो भिडियो भाइरल भएपछिमात्र प्रहरीले यसबारे जानकारी पाएको थियो ।

यो घटना पछि युवतीलाई अन्य एक युवसँग ‘नातरा’ गरिएको छ । यसमा पाँच हजार रुपैया लिइएको छ र ८० हजार रुपैयाँको करार गरिएको छ । ‘नातरा’ एक आदिवासी प्रथा हो जसमा पैसा लेनदने गरेपछि केटा केटी पति–पत्नीको रुपमा बस्न सक्छन् ।

यो आदिवासी गाउँमा करिब २०० घर रहेका छन् । अधिकांश मासिन अनपढ छन् र मजदुरी गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्