०६ असार २०८३, शनिबार

लक–डाउनमा ‘रामायण’सँगै समय बिताउनुस्, पुनः प्रसारण गर्ने भारत सरकारको निर्णय

चैत १४, २०७६
लक–डाउनमा ‘रामायण’सँगै समय बिताउनुस्, पुनः प्रसारण गर्ने भारत सरकारको निर्णय

बहुचर्चित  टिभी सिरियल ‘रामायण’को पुनः प्रशारण हुने भएको छ ।

भारत सरकारका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले रामानन्द सागरको रामायण पुनः प्रसारण गर्न लागिएको जानकारी दिएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण अहिले  नेपाल, भारत लगायत अधिकांश मुलुकमा लक–डाउन गरिएको छ ।

लक–डाउनका बेला समय बिताउनका लागि पनि रामायणको पुनः प्रशारण महत्वपूर्ण हुने निश्कर्षमा भारत सरकार पुगेको हो ।

मन्त्री जावडेकरले सामाजिक सञ्जाल ट्वीटमा एक ट्वीट गर्दै यस्तो जानकारी गराएका हुन् । उनले ट्वीटरमा लेखेका छन्–जनताको मागअनुसार शनिवार २८ मार्चदेखि रामायणको पुनःप्रसारण नेशनल च्यानलमा हुने छ ।’

रामायण पुनःप्रसारण हुने भएपछि दर्शकमा खुशी पलाएको छ । मन्त्री जावडेकरका अनुसार रामायणको पहिलो एपिसोड बिहान ९ बजे र दोस्रो एपिसोड रातको ९ बजे हुनेछ । 

रामानन्द सागरको रामायणमा अरुण गोविल, दीपीका चिखलिया, सुनील लहरीले मुख्य भुमिका निभाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्