०७ असार २०८३, आइतबार

स्पेनमा कोरोनाभाइरस रोगीलाई बोकेको एम्बुलेन्समा ढुंगा प्रहार (भिडियो)

चैत १४, २०७६
स्पेनमा कोरोनाभाइरस रोगीलाई बोकेको एम्बुलेन्समा ढुंगा प्रहार (भिडियो)

स्पेनमा कोरोनाभाइरस लागेका वृद्धहरूलाई नयाँ घरमा लैजानका लागि खटिएका एम्बुलेन्समाथि युवाहरूले ढुंगा प्रहार गरेका छन् । 

जिब्राल्टरनिरको ला लिनीया दे ला कन्सेप्सियोन शहरमा एम्बुलेन्स आइपुग्दा ढुंगा प्रहार गरिएको हो । 

रिसाएका स्थानीयहरूले एम्बुलेन्सको जत्थाको बाटो छेकेका थिए अनि वृद्धहरूलाई राखेको घरमा सुरक्षा दिन बसेका प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए । 

ती वृद्धहरूलाई अल्काला देल भाये शहरबाट बाहिर लैजाँदा चाहिँ ताली बजाइएको थियो । उक्त शहरमा संक्रमण फैलिएको थियो । 

वृद्धहरूलाई घरमा पस्न नदिनका लागि एम्बुलेन्सको बाटो छेक्न सडकमा कार तेर्स्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

लगभग ५० जना युवाले वृद्धहरू बस्ने घरलाई घेरेका थिए । 

उनीहरूले कोरोनाभाइरस लकडाउनलाई उल्लंघन गर्दै घरबाहिर आएर वृद्धहरूलाई छेक्न खोजेका थिए । 

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, ती मानिसहरूले आक्रमण गर्नुअघि ह्वाट्सयापमा सन्देश पठाएर टायर बालेर अवरोध गर्ने चेतावनी दिएका थिए । 
 

कमेन्ट गर्नुहोस्