
कोरोनाभाइरस फैलिएपछि मानिसहरू चमेरो देख्दै तर्सिन थालेका छन् । यो भाइरस चमेरो हुँदै अर्को जनावरमार्फत मानिसमा आएको विश्वास गरिन्छ ।
तर नदीमा तैरिरहेको एक चमेरोको भिडियो अहिले भाइरल बनिरहेको छ । भिडियोलाई भारतीय वन विभागका अधिकारी सुशान्त नन्दाले ट्वीट गरेका हुन् ।
ट्वीट गर्दै नन्दाले लेखे, ‘उड्नुका साथै रोइङ बोट जसरी तैरिने स्तनधारी चमेरो मात्र हो ।’
चमेरोले आफ्नो पखेटालाई पानीमा तैरिन पनि उपयोग गर्छ ।
१४ सेकेन्डको यो भिडियो ट्विटरमा खुबै मन पराइँदैछ ।
The only mammal that can Fly and Swim 🙏🏼
Bats are good at swimming. And they do it like little rowboats. pic.twitter.com/VydBsZhs31— Susanta Nanda IFS (@susantananda3) March 27, 2020