१२ असार २०८३, शुक्रबार

लिबियामा आईएसलाई हराउने अनि घर बनाउने हो : ट्रम्प

कात्तिक २०, २०७४
लिबियामा आईएसलाई हराउने अनि घर बनाउने हो : ट्रम्प

काठमाडौं, ८ वैशाख — राष्ट्रपति डोनाल्ड ट्रम्पले लिबियामा सरकार बनाउनका लागि युरोपेली साझेदारहरूलाई सहयोग गर्नमा अमेरिकाको कुनै भूमिका नदेखेको बताएका छन् ।


वाशिङटन डीसीमा बिहीवार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले इस्लामिक स्टेट (आईएस)लाई परास्त गर्नु प्राथमिकता रहेको बताए । त्यसपछि अमेरिकाले घरेलु मुद्दामा ध्यान दिन सक्ने उनी बताउँछन् ।

अमेरिकाले धेरै ठाउँमा धेरै भूमिका खेलिसकेको उनले तर्क गरे ।

‘म लिबियामा अमेरिकाको भूमिका देख्दिनँ,’ ट्रम्पले भने, ‘आईएसलाई सिध्याउन हाम्रो भूमिका हुन्छ । हामी त्यसमा प्रभावकारी भइरहेका छौं ।’

ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका इटालीका प्रधानमन्त्री पाओलो गेन्टिलोनीले लिबियालाई स्थिर बनाउन अमेरिकाको भूमिका हुनुपर्ने संकेत गरेपनि ट्रम्पले आईएसलाई सिध्याएपछि आफ्नै घरेलु समस्यालाई समाधान गर्नतर्फ अमेरिकाको ध्यान केन्द्रित हुने बताए ।

अमेरिका फर्स्ट नारा दिएर चुनाव जितेका ट्रम्पले आफ्नै देशलाई प्राथमिकता दिने कुरा दोहो–याएका हुन् ।

सन् २०११ मा तत्कालीन ओबामा प्रशासनले कर्नेल मुअम्मार गद्दाफीविरुद्धको विद्रोहलाई समर्थन गरेपछि लिबिया अव्यवस्था र अस्थिरताको दलदलमा फसेको थियो । पछि गद्दाफीलाई मारिएको थियो । अस्थिरताको फाइदा उठाउँदै आईएसले त्यहाँ गतिविधि सञ्चालन गरिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्