१० असार २०८३, बुधबार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई शुक्रवार साँझ डिस्चार्ज गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

मुटुको चालमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बिहीवार राति त्रिवि शिक्षण अस्पतालको मनमोहन सेन्टर पुर्याइएको थियो । उनको मुटुको धड्कन अचानक बढेको थियो ।

प्रधानमन्त्री ओलीको केही साता अघि त्रिवि शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनी नियमित चिकित्सकको निगरानीमा रहँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्