काठमाडौँ, ७ पुस- केबलकार सञ्चालक कम्पनी चन्द्रागिरि हिल्स प्रालिलाई सांसदहरूले मूल्य घटाउनुका साथै वन, वातावरण र पर्यावरणमा सुधार गर्न आग्रह गरेका छन्, आजको
कान्तिपुर दैनिकले खबर छापेको छ ।

व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बुधबार बसेको आपूर्ति र उपभोक्ता हितसम्बन्धी उपसमिति बैठकमा सांसदहरूले चन्द्रागिरि हिल्सले उपसमितिले दिएको निर्देशन पालना नगरेकामा समेत आपत्ति जनाए ।
‘सबैले उपयोग गर्न सक्ने गरी मूल्य समायोजन गर्नुस्,’ उपसमिति सदस्य तथा सांसद राज्यलक्ष्मी श्रेष्ठले भनिन्, ‘हामीले स्थलगत अध्ययनपछि तत्कालै मूल्य समायोजन गर्न निर्देशन दिएका थियौं । किन कार्यान्वयन गर्नु भएन ?’