काठमाडौं, ८ वैशाख - निर्वाचन आयोगको कार्यक्रम विथोल्न खोज्ने १३ जना मधेशी मोर्चाका कार्यकर्ता पक्राउ परेका छन् ।
जनकपुरमा निर्वाचन आयोगले आयोजना गरेको मतदाता शिक्षा सम्बन्धि कार्यक्रम विथोल्न खोज्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मधेशी मोर्चा सहितका दलहरुले चुनाव बहिष्कारको घोषणा गरिरहेकोले मधेशी मोर्चाका कार्यकर्ताहरुले तराईका जिल्लाहरुमा निर्वाचन सम्बन्धि गतिविधीलाई भाँड्ने कोशिश गरिरहेका छन् ।