
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरूले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आफ्नो १५ दिनको पारिश्रमिक दिने भएका छन् ।
शनिवार एक विज्ञप्ति जारी गर्दै अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तद्वय डाक्टर गणेशराज जोशी र डाक्टर सावित्री थापा गुरुङले आफ्नो शुरुको तलब स्केलको १५ दिनको रकम जम्मा गर्ने बताएका हुन् ।
त्यस्तै कोषमा अख्तियारमा कार्यरत सचिव लगायतका कर्मचारीहरूले भने गत चैत्र ११ मा बसेको नेपाल सरकारका सचिवहरूको बैठकले गरेको निर्णयबमोजिम रकम जम्मा गर्ने प्रवक्ता कोइरालाले बताए ।