
एन आई सी एशिया बैंकका ग्राहकले अब ‘मेरो किराना अनलाईन’बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता पाउने भएका छन् । बैंक र मेरो किरानाबीच भएको साझेदारीअनुसार ग्राहकलाई यस्तो फाइदा हुने भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने मेरो किराना ईकमर्स साइटमा साझेदारीबमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउने बैंकका प्रमुख सूचना अधिकारीले बताएका छन् ।
शनिवार एक विज्ञप्ति जारी गर्दै सूचना अधिकारी सुधिरनाथ पाण्डेले भने, ‘मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउनसक्नुहुनेछ । यो योजना चैत मसान्तसम्म लागु हुनेछ ।’
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।
बैंकले देशभरि ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ एक्सचेन्ज काउन्टर तथा ६१ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गरिरहेको छ ।