१६ असार २०८३, मंगलबार

कर्णाली सरकारको विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

चैत १५, २०७६
कर्णाली सरकारको विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक योगदान गर्ने सहयोगी हात जुटेका छन् ।

प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी शनिवार सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोइरालाले १० लाख रुपैयाँको चेक र नौमुले गाउँपालिका–३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी रुपमा मानव जातिविरुद्ध आइपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरे ।

‘यो विश्वलाई नै कोरोनाले आक्रमण गरेको छ । यस्तो खालको आक्रमणबाट सबै जोगिन आवश्यक छ । त्यसका लागि अधिकतम प्रयास प्रदेश सरकारले गरिरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यो संकटको घडीको सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु । यसैगरी अन्य निजी क्षेत्रबाट पनि यसरी नै सहयोग हुने अपेक्षा गरेको छु ।’

विपद् कोषमा मुख्यमन्त्रीसहित मन्त्रीहरूले १ महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरिसकेका छन् भने मुख्यमन्त्री शाहीको निजी सचिवालयमा काम गर्ने राजनीतिक सल्लाहकार, प्रमुख सचिव, प्रेस सल्लाहकार लगायतले पनि १ महिनाको तलब जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्