०४ असार २०८३, बिहीबार

कोरोनाविरुद्ध लड्न भारतीय सरकारलाई अक्षय कुमारको ४० करोड सहयोग

कोरोनाविरुद्ध लड्न भारतीय सरकारलाई अक्षय कुमारको ४० करोड सहयोग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि ‘पीएम केयर फन्ड’ स्थापना गरे लगत्तै एक बलिउड अभिनेताले सहयोगको घोषणा गरेका छन्।

मोदीले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोनाजस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरुसम्म मद्दत पुर्याउने माध्यम बन्नेछ।’ उनले उक्त कोषमा सहयोग गर्न आह्वान गरेका थिए।

लगत्तै बलिउड अभिनेता अक्षयकुमारले २५ करोड भारु (४० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेका हुन्। ‘यो बेला मानव जीवन महत्त्वपूर्ण छ। हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ।’

 

salt training

कमेन्ट गर्नुहोस्