स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।
स्पेनी राजा फेलिपे छैठौंकी भतिजी ८६ वर्षीया मारियाको शुक्रवार पेरिसमा मृत्यु भएको हो । कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो राजपरिवारकी सदस्य हुन् ।
उनका भाइ राजकुमार सिक्सटस हेनरीले दिदीको मृत्युको खबर दिएका हुन् ।
राजकुमारी मारिया पेरिसमा सन् १९३३ मा जन्मेकी थिइन् ।
उनी पेरिसको सोर्बोनमा प्राध्यापक थिइन् अनि मड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयमा समाजशास्त्रकी प्राध्यापक पनि थिइन् ।
लामो समयसम्म महिला अधिकार र समाजवादी विचारधारको वकालत गरेकाले उनलाई ‘रातो राजकुमारी’ भन्ने गरिन्थ्यो ।
उनको परिवारका सदस्य हाउस अफ बर्बोन–पार्माका हुन् जुन स्पेनी राजपरिवारकै एक अंग हो ।
उता बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाभाइरस लागेको छ ।