
राब्ता फिल्मको ट्रेलर शायद तपाईंले पनि हेर्नुभएको होला ? यस फिल्ममा सुशान्त सिंह राजपूत तथा कृति सेननको मूख्य भूमिका रहेको छ ।
चार दिन पहिला सार्वजनिक भएको यो फिल्मको ट्रेलर निकै मन छुने खालको छ । तर ट्रेलर खत्तम हुँनै लाग्दा आउने एउटा अनुहार अनौठो खालको छ ।
फिल्म ९ जुनमा रिलिज हुने तयारीमा छ । र यसैवीच एक चर्चित कलाकारले आफ्नो ट्वीटरमा एक तस्वीर शेयर गर्दै फिल्ममा चासो राख्नेलाई यो तस्वीर हेर्न आग्रह गरेका छन् ।

अभिनेताको नाम हो राजकुमार राव जो हालसालै आएको ट्रेण्ड फिल्ममा नजर आए । उनले तस्वीमा लेखेका छन्, ‘यो मेरो राब्ता फिल्ममा अतिथी कलाकार ।
यो फिल्ममा राजकुमार राव ३२४ वर्षको व्यक्तिका भूमिकामा खेल्दै छन् ।