१० असार २०८३, बुधबार

लकडाउनको पालन गर्न बेलायतीहरू अटेरी, १२ हप्तासम्म जान सक्छ बन्दाबन्दी

चैत १६, २०७६
लकडाउनको पालन गर्न बेलायतीहरू अटेरी, १२ हप्तासम्म जान सक्छ बन्दाबन्दी

बेलायतमा कोभिड–१९ को कहर जारी छ र त्यहाँ एक हजार १९ जनाको मृत्यु भइसकेको छ । 

सोमवारदेखि देशमा तीन हप्ताको बन्दाबन्दी लगाइएको छ । तर मानिसहरूले अटेरी गरेर घरबाट निस्कने गरेको अनि सामाजिक दूरीको पालन राम्ररी नगरेको पाइएपछि लकडाउन १२ हप्तासम्म लम्ब्याउन सकिने आकलन गरिएको छ । 

राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोनसन र हेल्थ सेक्रेटरी म्याट ह्यानककमा कोरोनाभाइरस पोजिटिभ भेटिएको छ । स्वास्थ्य सेवा, सामाजिक स्याहार, औषधि पसल, प्रहरी र दमकल सेवा बाहेक सबै सार्वजनिक र निजी कार्यालय बन्द गरिएको छ । सामाजिक दूरी अपनाउनका लागि लगाइने प्रतिबन्ध १२ हप्तासम्म तन्काउन सकिने बताइएको छ । 

सबै अनावश्यक यात्रालाई रोकिएको छ । बेलायत आउनेजाने ९० प्रतिशत उडान रद्द गरिएको छ । सबै विद्यालय मार्च २० बाट नै बन्द गरिएका छन् । 

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) स्वास्थ्य परीक्षण गराउन, अस्पताल तयार पार्न र समुदायमा भाइरस फैलिनबाट रोक्नका लागि संघर्ष गरिरहेको छ । 

अस्पतालका ओपीडीहरू लगभग बन्द छन् । बिरामीहरूलाई टेलिफोन वा भिडियो कन्फरेन्सिङमार्फत परामर्श लिन भनिएको छ । कम जरूरी शल्यक्रिया बन्द गरिएका छन् । 

सबै अस्पतालमा कोभिड–१९ एरिया र आइसोलेसन एक्सन प्लानका साथै शय्याहरूको व्यवस्था गरिएको छ । आईसीयूलाई इन्टेन्सिभ ट्रमा युनिटमा परिवर्तन गर्नका लागि सबै आवश्यक उपकरण उपयोग गरिँदैछ । तैपनि

कतिपय अस्पतालले पर्याप्त मात्रामा व्यक्ति सुरक्षा उपकरण स्वास्थ्यकर्मीहरूलाई दिन सकेका छैनन् । 

प्रहरीले कडीकडाउ गरिरहेको छ । अनावश्यक रूपमा बाहिर निस्कनेमाथि एक हजार पाउन्डको जरिवाना लगाइएको छ । 

सुपरमार्केटमा सामानहरू सकिँदै गएपछि मानिसहरूलाई समझदारी अपनाएर खरिद गर्न आग्रह गरिएको छ । 

कोरोनाका कारण काम गर्न जान नपाएर तलब खान समस्यामा परेकालाई अर्थमन्त्री ऋषि शुनकले तलबको ८० प्रतिशतसम्म दिने हिसाबमा आर्थिक प्याकेज स्वीकृत गरेका छन् । 

तर आगामी केही महिनासम्म यस महामारीले कस्तो रूप लिने हो भन्ने चिन्ता कायम छ । भाइरस पूरै संसारबाट नहराएसम्म जोखिम कायमै रहने विशेषज्ञहरूको राय छ ।

salt training

कमेन्ट गर्नुहोस्